त्रिभुवन विश्वविद्यालयले एक वर्षसम्म पनि नतिजा प्रकाशन नगर्दा विद्यार्थी मर्कामा



काठमाडौं, माघ १७
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले परीक्षा लिएको वर्ष दिनसम्म पनि नतिजा प्रकाशन नगर्दा विद्यार्थी मर्कामा परेका छन् ।

सामान्यतया परीक्षा सकिएको तीन महिनाभित्र नतिजा सार्वजनिक गर्नुपर्ने त्रिविको नियम छ । तर, अधिकांश विषय तथा तहका परीक्षाको नतिजा सार्वजनिक गर्न त्रिविले छ महिनादेखि एक वर्षसम्म लगाउने गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालयको कमजोरीको परिणाम विद्यार्थीले भोगिरहेका छन् । यस्तो ढिलाइले विद्यार्थीमा मानसिक असर पर्ने गरेको छ । स्नातक तह दोस्रो वर्षको केही विषयको परीक्षा गत फागुनमा सञ्चालन भइरहँदा कोरोना सङ्क्रमण फैलिएपछि भदौमा सकिएको थियो ।

अहिले तेस्रो वर्षको परीक्षासमेत फागुनको पहिलो साता सार्वजनिक गर्न पनिकाले तालिका सार्वजनिक गरिसकेको छ तर अघिल्लो वर्षकै नतिजा नआउँदा आफूहरूलाई तनाव भएको विद्यार्थीको गुनासो छ ।

स्नातक तह पहिलो वर्षका परीक्षार्थीको पनि फागुनको पहिलो साताबाटै परीक्षाको मिति तय गरिएको छ तर अघिल्लो वर्षको परीक्षाको नतिजा अहिलेसम्म सार्वजनिक भएको छैन । परीक्षा नियन्त्रक पुष्पराज जोशीले नतिजा सार्वजनिक गर्न जनशक्ति अभाव रहेकाले नतिजा सार्वजनिक गर्न ढिलो भएको बताए । गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News