१३ वर्षीया किशोरीलाई गर्भवती बनाउने पुरुष पक्राउ



बर्दिया, माघ १८
बर्दियामा १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरी गर्भवती बनाएको आरोपमा एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्दिया ठाकुरबाबा नगरपालिका ६ बस्ने ४१ वर्षीय मणिराम थारु रहेका छन् ।

प्रहरीका अनुसार थारूले २०७८ वैशाखमा ती बालिका एक्लै घरमा बसेका बेला डर त्रास देखाएर जबरजस्ती करणी गरेका थिए । जबरजस्ती करणीपछि किशोरी गर्भवती भएको र उक्त कुरा बाहिर ल्याए मारेर फालिदिने धम्की थारूले दिएका थिए । किशोरीले माघ १६ गते बच्चा ९छोरी० जन्माएकी थिइन् ।

किशोरीले बच्चा जन्माएलगत्तै प्रहरीलाई सूचना पुगेपछि थारु पक्राउ परेका हुन् । उनीमाथि जबरजस्ती करणीसम्बन्धी कसुरमा बर्दिया जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News