लोक सेवा आयोगका परीक्षाहरु फागुन ६ गतेदेखि सञ्चालन गर्ने निर्णय



काठमाडौं, माघ २०
लोक सेवा आयोगले रोकिएका परीक्षाहरु फागुन ६ गतदेखि सुरु गर्ने भएको छ । कोरोना भाइरसको संक्रमण बढेपछि स्थगित भएका परीक्षा फागुन ६ गतेदेखि सञ्चालन गर्ने आयोगले निर्णय गरेको हो ।

आज बसेको आयोगको बैठकले रोकिएका सबै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । आयोगले यसअघि माघ ६ गत सूचना जारी गर्दै अर्को व्यवस्था नभए सम्मका लागि परीक्षाहरु स्थगित गरिएको जानकारी दिएको थियो ।

आयोगले फागुन ६ गतेदेखि उपसचिवका लिखित परीक्षाहरु सुरु हुने जानकारी दिएको छ। लिखित परीक्षा सञ्चालन गर्दा सरकारले तोकेका स्वास्थ्य सुरक्षाका मापदण्डको पूर्ण पालना गरिने आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News