लेखापरीक्षण समूहका १५ जना उपसचिवमा बढुवा



काठमाडौँ, माघ २०
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लेखापरीक्षण समूहका १५ जना शाखा अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस गरेको छ ।

बढुवा सिफारिस समितिको बुधबारको बैठकले जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा सिफारिस गरेको हो । जसअनुसार डोरमणि घिमिरे, विश्वम्बर श्रेष्ठ, सुन्दर भुजेल, किशोर पोखरेल, ठाकुरप्रसाद न्यौपाने, शैलेन्द्रकुमार भुसाल,कृष्णहरि दाहाल र पार्वती कँडेल बढुवामा परेका छन् ।

त्यस्तै, उमेश सुवेदी, ताराध्वज सुनुवार, मोहनप्रसाद भट्टराई, रमेश पुरी, वनमाली पौडेल, कृष्णप्रसाद शर्मा रेग्मी र जीवनकुमार मल्ल पनि बढुवा सिफारिसमा परेका छन् । यसअघि सामान्य प्रशासन, लेखा र राजस्व समूहका अधिकृतहरु उपसचिवमा बढुवा सिफारिस भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News