आज मन्त्रिपरिषदको बैठक बस्दै, स्थानीय तह निर्वाचनको मिति घोषणा हुन सक्ने



काठमाडौं, माघ २०
मन्त्रिपरिषदको बैठक आज बस्दै छ । हरेक सोमबार र बिहीबार नियमित मन्त्रिपरिषदको बैठक बस्दै आएको छ । तर आज बस्ने बैठकको कति बजे बस्ने भन्नेबारे टुंगो लागेको छैन् ।

आज बस्ने बैठकले स्थानीय तह निर्वाचनको मिति तोक्ने बताइएको छ । गत मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको परामर्शमा निर्वाचन आयोगका पदाधिकारीले जेठ चार गते स्थानीय तह निर्वाचनको मिति प्रस्ताव गरेका थिए ।

यस्तै निर्वाचन आयोगले स्थानीय तह चुनावको मिति घोषणा गर्ने प्रस्ताव गृह मन्त्रालयमा पेश गरेको छ । मन्त्रिपरिषद् बैठकमा लैजानका लागि निर्वाचन आयोगले मन्त्रालयमा प्रस्ताव पेश गरेको हो ।

स्थानीय तह निर्वाचन मिति घोषणा गर्ने प्रस्ताव आज गृहमन्त्रीमार्फत् मन्त्रिपरिषद्मा पेश हुने विश्वास गरिएको छ । त्यसपछि मन्त्रिपरिषद्ले प्रस्तावमा छलफल गरी निर्वाचनको मिति घोषणा गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News