देउवाले गर्लान् त कांग्रेसकाे नीति अधिवेशन ?



काठमाडाैँ, माघ २३
राष्ट्रिय राजनीतिमा निर्वाचनको चर्चा चलिरहेका बेला नेपाली कांग्रेस नेताहरूले भने नीति अधिवेशनको माग गरेका छन् ।

उनीहरूले नीति अधिवेशनबाट पारित नीतिको जगमा भावी निर्वाचनको लागि पार्टीको घोषणापत्र तयार गर्न आग्रह गरेका छन् । कांग्रेसले नीति अधिवेशन छुट्टै गर्ने भनेर हालै सम्पन्न १४औं महाधिवेशनमा नेतृत्व छनौट मात्र गरेको थियो ।

कोरोना माहामारीका कारण अनलाइनमार्फत छलफल गरिरहेका कांग्रेस केन्द्रीय सदस्यहरूले पार्टीको विभागहरू गठन गर्न तत्काल गृहकार्य थाल्न पनि आग्रह गरेका छन् ।

केन्द्रीय सदस्य मधुप्रसाद आचार्यका अनुसार छलफलमा केन्द्रीय सदस्यहरूले निश्चित मापदण्ड बनाएर अर्थपूर्ण र परिणामदायी विभाग गठन गर्न ढिलाइ गर्न नहुनेमा जोड दिएका छन् । कांग्रेस विधानअनुसार अधिवेशन भएको ६ महिनाभित्र विभागहरू गठन गरिसक्नुपर्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News