कस्तो रहनेछ आजको मौसम ?



काठमाडौं, माघ २४
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश नं १ को पहाडी भू-भागको एक वा दुई स्थानमा हल्का वर्षा को सम्भावना देखिन्छ ।

मंगलबार पनि प्रदेश नं १, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश नं १ का एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

बुधबार भने सुदूर पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशहरूमा सामान्य देखि पूर्ण बदली तथा बाकी प्रदेशहरूमा आंशिक बदली रहनेछ। कर्णाली, सुदूर पश्चिम प्रदेशका केही स्थानहरूमा र लुम्बिनी, गण्डकी तथा प्रदेश नं १ का एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News