एकैपटक ठूलो संख्यामा प्रहरी हवल्दारको सरुवा



काठमाडौं, माघ २५
प्रहरी प्रधान कार्यालयले एकैपटक ३ हजार १ सय ५६ प्रहरी हवल्दारहरूको सरुवा गरेको छ ।

सोमवार कार्यालयले एकैपटक ठूलो संख्यामा हवल्दारको सरुवा गरेको हो ।

आज साँझ कार्यालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै सरुवाबारे जानकारी समेत गराएको छ ।

फागुन महिनादेखिको तलब, भत्तासमेत अहिले सरुवा भएको दरबन्दीबाट पाउने गरी प्रहरी हवल्दारहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News