सीडीओ बन्न कानूनको तालिम वा कानूनमा स्नातक अनिवार्य



काठमाडौं, माघ २५
प्रमुख जिल्ला अधिकारी (सीडीओ) ले अनिवार्य रुपमा कानूनी तालिम वा कानूनमा स्नातक गरेको हुनुपर्ने गृहमन्त्री बालकृष्ण खाँणले बताएका छन् ।

जिल्ला हाँक्न जाने सीडीओले शान्ति सुरक्षाका अलावा कानूनी प्रक्रियाहरू पनि जान्नु पर्ने भएकाले कानूनमा स्नातक गरेको वा कानूनसम्बन्धी तीन महिना तालिम गरेको हुनुपर्ने व्यवस्था गरेको मन्त्री खाँणले बताएका हुन् ।

गृह सुधार कार्ययोजना–२०७८ बारे बोल्दै गृहमन्त्री खाणले सीडीओ शान्ति सुरक्षा हेर्ने मात्र होइन, जिल्लामा आइपर्ने कानूनी समस्याको पनि समाधान गर्नु पर्ने बताए ।

‘त्यसका लागि कानून पढेको वा कानूनको तीन महिना तालिम लिएको व्यक्तिलाई मात्र जिल्ला पठाउने व्यवस्था गरेका छौं,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News