अग्नी सापकोटाले फेरी स्थगित गरे प्रतिनिधिसभा बैठक



काठमाडौं, माघ २५
प्रतिनिधिसभाको बुधबार बोलाइएको बैठक पुनः एक साता सरेको छ । संघीय संसद सचिवालयले मंगलबार साँझ सूचना प्रकाशित गरी फागुन २ गते सोमबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरिएको उल्लेख गरेको छ ।

संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले जारी गरेको सूचनामा विशेष कारणले बुधबारको बैठक स्थगित भएको उल्लेख गरिएको छ ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) को विषयमा सत्तारुढ गठबन्धनमा रहेका दलहरु एकमत नभएकाले प्रतिनिधिसभाको बैठक सारिएको स्रोतको दावी छ ।

यसअघि माघ १६ गते बोलाइएको बैठक पनि अन्तिम समयमा १० दिनका लागि स्थगित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News