निरौला, सिंह र खनाल सचिव बढुवामा सिफारिस



काठमाडौं, माघ २६
लोकसेवा आयोगको बढुवा समितिले तीनजना सहसचिवलाई सचिवमा बढुवा गर्न सिफारिस गरेको छ । अर्थ सचिव शिशिरकुमार ढुंगाना गत माघ १९ गते निवृत्त भएपछि आयोगले सहसचिवहरु मुकुन्द निरौला, विनोदप्रकाश सिंह र गोपीकृष्ण खनाललाई सिफारिस गरेको हो ।

एक सचिव पदका लागि आयोगले तीजना सिफारिस गर्नुपर्ने नियम छ । सिफारिसमा परेकामध्ये एकजनालाई मन्त्रिपरिषद्ले सचिवमा नियुक्त गर्नेछ । आयोग स्रोतका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका मंगलबार बसेको बढुवा समितिको बैठकले उक्त सिफारिस गरेको हो । बढुवा समितिमा लोकसेवा आयोगका अध्यक्ष, लोक सेवा आयोगका सदस्य, मुख्य सचिव, सामान्य प्रशासनका सचिव र एकजना विज्ञ सदस्य हुन्छन् ।

सिफारिस परेकामध्ये निरौला हाल गृह मन्त्रालयका सहसचिवका रुपमा कार्यरत छन् । सरकारले निरौलालाई सचिव पदमा बढुवा गरेमा उनको कार्यकाल पूरा अवधिको हुनेछ । त्यस्तै गरी सहसचिव सिंहको निवृत्ति २०८२ सालको जेठ १ गते र खनालको २०८२ साल फागुन २४ गते हुनेछ ।

सिफारिसमा परेका सिंह हाल सञ्चार तथा सूचना प्रविधि र खनाल सामान्य प्रशासन मन्त्रालयमा कार्यरत छन् । यसैगरी प्रशासनतर्फ महिला बालबालका तथा ज्येष्ठ नागरिक मन्त्रालयका कार्यरत सचिव यामकुमारी खतिवडाको निवृत्ति आगामी जेठ ९ गते हुनेछ । त्यसयता प्रशासनतर्फको सचिव पद रिक्त हुने छैन ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News