यी चार प्रदेशका धेरैजसाे स्थानमा वर्षाकाे सम्भावना



काठमाडाैँ, माघ २६
आज फेरि माैसममा खराबी आएकाे छ । मुलुकमा पश्चिमी वायुको प्रभाव रहेकाले दिउँसाे सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

बागमती र प्रदेश १ का केही स्थानमा पनि हल्का वर्षाको सम्भावना छ । साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । राती सुदूरपश्चिम,कर्णाली, लुम्बिनी, गण्डकी,बागमती र प्रदेश १ मा वर्षाको सम्भावना छ ।

बिहीबार प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको आँकलन गरिएकाे छ । ती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News