१६ शाखा अधिकृत उपसचिवमा बढुवा सिफारिस (सूचीसहित)



काठमाडौं, माघ २८
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १६ शाखा अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस गरेको छ ।

मन्त्रालयले बिहीवारको बढुवा समितिको बैठकले लेखा तथा राजश्व समूहको उपसचिवमा उनीहरुलाई बढुवा सिफारिस गरेको हो । कार्य क्षमताका आधारमा उनीहरुलाई बढुवा सिफारिस गरिएको बढुवा समितीले जनाएको छ ।

लेखातर्फ बढुवा सिफारिसमा पर्नेमा भाष्कर शर्मा नेपाल, यादव प्रसाद न्यौपाने, तुकमान पुन मगर, अशोक कुमार गिरी, छविन्द्र बेल्वासे लगायत १२ जना छन् ।

यस्तै राजश्वतर्फ शोभाकर खनाल, लक्ष्मी कुमार रिमाल, युवराज बस्नेत र सुजित कुमार सिंह उपसचिवमा बढुवा सिफारिसमा परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News