स्थानीय तहमा एमालेको एक्लै बहुमत : अध्यक्ष ओली



काठमाडौं, माघ २८
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत हासिल गर्ने बताउनु भएको छ । स्थानीय तहको निर्वाचनको तयारी प्रशिक्षणको उद्घाटन गर्दै अध्यक्ष ओलीले यस्तो उदघोष गर्नुभएको हो ।

‘गठबन्धन तोडेर होइन, गठबन्धन कायम गरेरै हामी जित्ने छौं,’ पाच्च दलीय गठबन्धनतर्फ लक्षित गर्दै अध्यक्ष ओलीले भन्नुभया, ‘हारेपछि भाग्ने ठाउँ कहीं छ भने खोजे हुन्छ तर निर्वाचनबाट चाँहि हामी भाग्न दिदैनौं ।’

२०७४ निर्वाचनमा एमाले एक्लैले ४१.२८ प्रतिशत स्थानमा जित हासिल गरेको स्मरण गर्दै अध्यक्ष ओलीले यस वर्ष त्यो भन्दा धेरै स्थानमा जित हासिल गर्ने ठोकुवा गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News