दुलही पुर्‍याएर फर्किएको ट्याक्टर दुर्घटना : किशोरको मृत्यु, १६ जना घाइते



बर्दिया,
बर्दियाको बाँसगढी नगरपालिकामा ट्र्याक्टर पल्टिँदा एक किशोरको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

ठाकुरबाबा नगरपालिका–७ बाट बाँसगढी–४ बठुवा गाउँमा दुलही पु¥याएर फर्कने क्रममा भे २ त १३१६ नंको ट्र्याक्टर अपराह्न २ बजेतिर बाँसगढी, मगरपुर, वेलौली र बठुवा जाने चोकमा पल्टिएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय मोतिपुरले जानकारी दिएको छ ।

ठाकुरबाबा–७ का १५ वर्षीय सुमन थारूको उपचारका क्रममा कौशिल्या मेमोरियल अस्पताल बाँसगढीमा मृत्य भएको छ ।

भने दुर्घटनामा घाइते १६ जनाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । यस्तै एकजनाको कौशिल्या अस्पताल बाँसगढीमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मोतिपुरले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News