आजबाट देशभरका विद्यालय भौतिक उपस्थितिमा खुल्दै



काठमाडौं, फागुन १
देशभरका विद्यालय आजबाट भौतिक रुपमा खुल्ने भएका छन् । कोरोना संक्रमणका कारण एक महिनादेखि बन्द विद्यालयहरु आजबाट खुल्ने भएका हुन् ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय एकाईलाई सबै विद्यालयमा १२ देखि १७ वर्ष उमेर समूहकालाई आजबाटै भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्न निर्देशन दिइसकेको छ ।

सोही अनुुसार १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई दैनिक र सोभन्दा मुनिका उमेर समूहका विद्यार्थीलाई आलोपालो गरी पठनपाठन सञ्चालन गर्न लागिएको हो ।

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को निर्णयअनुसार नै विश्वविद्यालय, विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरू जनस्वास्थ्य र सुरक्षाका मापदण्ड पालना गर्दै आजबाट भौतिक रूपमै सञ्चालन हुन लागेको हो ।

सीसीएमसीको माघ २३ गतेको बैठकले विद्यालय सञ्चालन गर्दा १२ वर्ष पूरा भएका विद्यार्थीका हकमा नियमित रूपमा तथा १२ वर्ष पूरा नभएका विद्यार्थीका हकमा आलोपालो दिनमा कक्षा सञ्चालन गर्ने व्यवस्थाका लागि गृह मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News