प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव



काठमाडौं, फागुन १
सत्तारूढ दलहरूका सांसदले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेका छन । कांग्रेस, माओवादी लगायतका ९८ जना सांसदले हस्ताक्षर गरेर प्रधानन्यायाधीश राणाविरूद्ध महाभियोग प्रस्ताव दर्ता गरेका हुन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल प्रचण्डले यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार अपदस्त गर्नका निम्ति सर्वोच्चको दुरूपयोग गरेका थिए ।

तीनै दुरूपयोगमा सहभागी न्यायाधीशहरूको मागमा कांग्रेस र माओवादी लगायतका दलले प्रधानन्यायाधीशका विरूद्धमा महाअभियोग दर्ता गराएका हुन ।

उनीहरूले सर्वोच्च अदालतभित्रै लामो समय इजलाश बहिष्कार गरेर आन्दोलन गरेका थिए भने नेपाल बार मार्फत केही कानुन व्यवसायीलाइ आन्दोलित बनाएका थिए । शेरबहादुर देउवाले प्रधानन्यायाधीश राणाको कोटामा गजेन्द्र हमाललाइ उद्योगमन्त्रीमा नियुक्त गरेपछि यो विषय थप पेचिलो बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News