सभामुख सापकोटाको आह्वानमा आज सर्वदलीय बैठक बस्दै



काठमाडौं, फागुन २
सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक आज बोलाएका छन् । दिउँसो २ बजे सिंहदरबारस्थित संसद् सचिवालयमा बैठक बैठक बोलाइएको हो ।

बैठकमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाअभियोगको विषयमा छलफल हुने बुझिएको छ ।

संसद्मा प्रतिनिधित्व गर्ने दलका नेतालाई सभामुखले छलफलमा बोलाएका हुन् ।

बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) बैठकमा सहभागि हुने/नहुने टुंगो छैन । एमाले सभामुखप्रति रुष्ट छ । यसअघिका बैठकमा एमाले उपस्थित भएको छैन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News