थपियो तीनजना एआईजीपीको दरबन्दी



काठमाडौं, फागुन ५
सरकारले नेपाल प्रहरीमा तीनजना अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजीपी) को दरबन्दी थप गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले दरबन्दी थप गर्ने निर्णय गरेको हो ।
प्रहरी प्रधान कार्यालय, नक्सालले तीन वटा दरबन्दी थप गर्नका लागि संगठन संरचना तथा व्यवस्थापन सर्भे (ओएण्डएम) गरेर गृह मन्त्रालयमा प्रस्ताव पठाएको थियो । गृहमन्त्री बालकृष्ण खाँणले एआईजी दरबन्दी थपको प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरेका थिए ।

प्रशासनतर्फ तीन एआएजीपीको दरबन्दी थपिएसँगै नेपाल प्रहरीमा प्रशासनतर्फको एआईजीपीको संख्या ८ पुगेको छ भने प्राविधिकतर्फ एकजना गरेर जम्मा एआईजीपीको संख्या नौ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News