पाँच जिल्लाका सिडिओहरु हेरफेर, को कहाँ पुगे ? [सूचीसहित]



काठमाडौं, फागुन ६
गृह मन्त्रालयले पाँच जिल्लामा प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट पाँच जिल्लामा प्रमुख जिल्ला अधिकारीको काज सरुवा गरेका हुन् ।

मन्त्रीस्तरीय निर्णयबाट रुकुमपूर्वमा कृष्णबहादुर खड्का, हुम्लामा सिता परियार र जाजरकोटमा रामबहादुर शाहीलाई प्रजिअ बनाएर पठाइएको छ ।

खड्का लाहान इलाका प्रशासन कार्यालयको प्रमुख, परियार भक्तपुरको सहायक प्रजिअ र शाही एयरपोट अध्यागमन कार्यालयमा कार्यरत थिए। धनकुटामा युवराज कट्टेल र नुवाकोटमा नारायण रिसाललाई प्रजिअ बनाएर पठाइएको हो । त्यस्तै, तीन जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी पनि परिवर्तन गरिएका छन्।

जाजरकोटमा प्रजिअ रहेका प्रेम देवकोटालाई बर्दियामा सहायक प्रजिअ बनाएर पठाइएको छ । हुम्लाका प्रजिअ गणेश आचार्यलाई एयरपोट अध्यागमनमा पठाइएको छ। बर्दियाका सहायक प्रजिअ माधव शर्मालाई भक्तपुरमा सहायक प्रजिअ बनाएर पठाइएको गृह मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News