सत्ता गठबन्धनको बैठक बस्‍दै, एमसीसीबारे जुट्‌ला त सहमति ?



काठमाडौँ, फागुन ६
सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ । बैठक आज बिहान १० बजे बस्‍दैछ । अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा सहमति खोज्ने प्रयासमा सत्ता गठबन्धनको बैठक बस्‍न लागेको हो ।

आज संसद्‌मा एमसीसी टेबुल गर्ने सरकारको तयारी छ । संसद्‌ अघि एमसीसीमा साझा धारणा बनाउने प्रयासमा सत्ता गठबन्धनले छलफल गर्न लागेका हुन् । बिहीबार दुई घण्टा बढी समयसम्म बसेको बैठकले निर्णय दिन नसकेपछि आज बैठक बस्‍न लागेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबारको बैठकमा एमसीसी सम्झौता जसरी पनि संसदमा पेस गर्ने अडान दोहोर्‍याएका थिए भने नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी दलका नेताहरूले भने एमसीसी संसद्‌मा टेबल हुन नहुने अडान राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News