एमसीसीको डँढेलो लगाएपछि निभाउने जिम्मा सबै दलको हो : बाबुराम भट्टराई



काठमाडौँ, फागुन ११
पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसीको डँढेलो लगाएपछि यसलाई निभाउने जिम्मा सबै दलको भएको टिप्पणी गरेका छन् ।

गएराति एक ट्वीट गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । संसदमा टेबुल भएको एमसीसी पास गराउन दुई विकल्प प्रस्ताव समेत गरेका छन् ।

उनले अहिलेको अवस्थामा एमसीसी पास नगर्दा देश झन् ठूलो सामरिक द्वन्द्वमा फस्ने समेत उनले औँल्याएका छन् ।

उनले लेखेका छन्, एमसीसीको डढेलो लगाएपछि यसलाई निभाउने जिम्मा सबै दलको हो । सामान्य संसदीय कर्मकाण्ड पूरा गरेर पास गर्दा यसको भित्री/बाहिरी स्वीकार्यता रहन्न । यो विन्दूमा आएर पास नगर्दा देश झन् ठूलो सामरिक द्वन्दमा फस्छ । कि गठबन्धन दल सबैले पक्षमा भोट हाल्नपर्यो कि नयॉ समीकरण बन्नुपर्यो ! अर्को बाटो छैन !’

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News