Deshko News
८ आश्विन २०८०, सोमबार

बाबुरामको हस्ताक्षर अभियानप्रति उपेन्द्र यादव सशंकित



काठमाडौँ, फागुन १३
जनता समाजवादी पार्टी नेपालमा आफ्नो बहुमत सिद्ध गर्न पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले हस्ताक्षर अभियान जारी राखेका छन् । पार्टीमा देखिएको समस्याबारे छलफलका लागि जसपाका अध्यक्ष उपेन्द्र यादवले फागुन १३ गतेका लागि कार्यकारिणी समितिको बैठक बोलाएका छन् तर भट्टराईले अझै हस्ताक्षर अभियानलाई निरन्तरता दिइरहेका छन् ।

भट्टराईले सञ्चालन गरेको हस्ताक्षर अभियानप्रति उपेन्द्र यादव पक्षका नेताहरुले आपत्ति जनाएका छन् । भट्टराई पक्षका कार्यकारिणी सदस्य प्रशान्त सिंह भन्छन्, ‘हामीले दुईटा कारणले यो हस्ताक्षर अभियान चलाएका हौं, पहिलो, अध्यक्ष उपेन्द्र यादवमाथि पार्टीको बैठक बोलाउन प्रेसर बनाउन र दोस्रो, हामीले जुन मुद्दा उठाएका छौं, त्यो मुद्दाप्रति पार्टीभित्र कस्तो मत छ त्यो जान्नका लागि ।’

यो हस्ताक्षर अभियानलाई पार्टी फुटाउने नजरले हेर्नु गलत हुने भन्दै उनले पार्टीलाई झन् मजबुत बनाउन यो अभियान चलाएको दाबी गरे । पार्टीबाट पठाएको मन्त्री समावेशी नभएको तथा अन्य नियुक्ति तथा मनोनयनहरु समावेशी नभएको गुनासो भट्टराई पक्षको छ । पार्टीको विधानमा दुईजना अध्यक्षको व्यवस्था भएअनुसार अर्को अध्यक्षमा अशोक राईलाई राख्न पनि सो पक्षले माग गरेको छ । यी निर्णय गर्न पार्टीको बैठक आवश्यक भएकाले बैठक बोलाउन हस्ताक्षर संकलन गरिएको सिंहले बताए ।

प्रकाशित मिति: १३ फाल्गुन २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News