प्रतिनिधि सभाको बैठक बस्दै, एमसीसीमाथि छलफल हुने
काठमाडौँ, फागुन १३
प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ ।
आज दिउँसो १ बजे संसद बैठक बस्न लागेको हो । बिहीबार बस्न लागेको संसद् बैठक प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा सभामुख अग्नि सापकोटाले स्थगन गरेका थिए ।
संसदमा अमेरिकी सहायता सम्झौता एमसीसी अनुमोदनका लागि बहुमत नपुग्ने देखिएपछि प्रधानमन्त्री देउवाले बैठक रोक्न लगाएका हुन् ।
आज बस्ने प्रतिनिधि सभा बैठकको सम्भावित कार्यक्रममा पनि एमसीसी समेटिएको छ। संसद् सचिवालयले सार्वजनिक गरेको बैठकको सम्भावित कार्यसूचीमा ‘एमसीसीमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस हुने उल्लेख छ ।