आज प्रतिनिधिसभाको बैठक बस्दै, एमसीसी पारित गर्ने सरकारको तयारी



काठमाडौँ, फागुन १५
प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतामाथि छलफल गर्न बैठक बस्न लागेको हो ।

शनिबार संसद् सचिवालयले सार्वजनिक गरेको बैठकको सम्भावित कार्यसूचीमा ‘एमसीसीमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस हुने उल्लेख छ । यसअघि लगातार दुईपटक सूचना टाँस गरेर स्थगित गरिएको बैठक आज बस्न लागेको हो ।

गएको आइतबारको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गरिएको थियो । त्यसयता दलका शीर्ष नेताहरु एमसीसीमा सहमति जुटाउन निरन्तर छलफलमा जुटेका छन् ।

यद्यपि, हालसम्म सहमति जुट्न सकेको छैन । प्रतिनिधि सभा बैठक बस्नुअघि कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बस्दै छ । सभामुख अग्नि सापकोटाले समितिको बैठक बिहान साढे ११ बजे बस्ने गरी बैठक बोलाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News