राष्ट्रियसभाका नवनिर्वाचित सदस्यहरुको शपथ ग्रहण शनिबार



काठमाडौं, फागुन २०
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यहरुको शपथ ग्रहण शनिबार हुने भएको छ । संसद सचिवालयका अनुसार २०७८ फागुन २१ गते बिहान ११ः०० बजे शनिवार संघीय संसद सचिवालयमा सपथग्रहण कार्यक्रम राखिएको छ ।

‘राष्ट्रियसभाका नवनिर्वाचित सदस्यहरुको सपथग्रहण शनिबार सिंहदरबारस्थित कानून समितिको बैठक कक्षमा हुनेछ’ संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाको भनाइ छ ।

राष्ट्रियसभाका १९ सांसदको चार वर्षे कार्यकाल फागुन २० मा सकिएपछि उनीहरुको सपथ हुन लागेको हो । कार्यकाल सकिने भएपछि यसअघि गत माघ १२ उनीहरुको निर्वाचन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News