Deshko News
८ आश्विन २०८०, सोमबार

शिलान्यासमै सीमित बने स्वास्थ्यका भवन



खोटाङ, फागुन २३
सरकारको नीतिअनुसार गत वर्ष जिल्लाका दशमध्ये छवटा स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने गरी शिलान्यास गरिएको थियो । हलेसी तुवाचुङ नगरपालिका तथा जन्तेढुङ्गा, केपिलासगढी, ऐंसेलुखर्क, रावाबेँसी र साकेला गाउँपालिकामा आधारभूत अस्पताल निर्माण गर्न शिलान्यास गरिएको हो ।

हलेसी तुवाचुङ नगरपालिका, जन्तेढुङ्गा, केपिलासगढी र ऐसेलुखक गाउँपालिकामा १५/१५ शय्या तथा रावाबेँसी गाउँपालिकामा दश र साकेला गाउँपालिकामा पाँच शय्याको अस्पताल बनाउन शुभारम्भ गरिएको थियो । तत्कालीन सरकारले निर्धारण गरेको कार्यक्रमअनुसार विसं २०७७ मङ्सिर–१५ गते जिल्लाका चार स्थानीय तहमा एकै दिन अस्पताल शिलान्यास गरिएको हो ।

हलेसी तुवाचुङ नगरपालिका तथा जन्तेढुङ्गा, केपिलासगढी र ऐसेलुखक गाउँपालिकामा मङ्सिर–१५ गते तथा केपिलासगढीमा मङ्सिर–२३ गते शिलान्यास गरिएको थियो भने, साकेला गाउँपालिकामा निर्माण गरिने अस्पताल बिना शिलान्यास काम सुरु गरिएको थियो । साकेला गाउँपालिकामा सञ्चालित कुनै पनि योजना अहिलेसम्म औपचारिकरुपमा शिलान्यास तथा उद्घाटन हुने गरेको छैन ।

गाउँमै सम्पूर्ण स्वास्थ्य सेवा पाउने अपेक्षासहित निक्कै उल्लासका साथ शुभारम्भ गरिएका कतिपय स्थानीय तहको आधारभूत अस्पताल वर्षदिन बित्दासमेत निर्माणको सुरु भएको छैन । आफूले शिलान्यास गरेको योजनाको काम अगाडि बढ्यो या बढेन अहिलेसम्म प्रमुख अतिथि भएर शिलान्यास गर्ने व्यक्तिलाई समेत थाहा छैन ।

प्रकाशित मिति: २३ फाल्गुन २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News