पूजा सिंह पोदारको हत्या आरोपमा थप एकजना पक्राउ



काठमाडौँ, फागुन २४
पूजा सिंह पोदारको हत्या आरोपमा प्रहरीले सिरहाबाट थप एक जनालाई पक्राउ गरेको छ । फागुन १७ गते सिरहाको कमला नदी किनारमा हत्या गरिएकी पूजाको हत्या आरोपमा श्रीमान् सिरहाको कर्जन्हा नगरपालिका वडा नम्वर ७ बस्ने अमर राउत यसअघि नै पक्राउ परेका थिए ।

हत्यामा अमरलाई सघाएको आरोपमा प्रहरीले सिरहाकै कल्याणपुर नगरपालिका वडा नम्वर ४ जमुवाका २६ वर्षका मन्तोषकुमार साहलाई पक्राउ गरेको हो । उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

काठमाडौं महानगरपालिका वडा नम्वर २० जैसीदेवल बस्ने २२ वर्षकी पूजासँग अमरले गत माघमा प्रेम विवाह गरेर काठमाडौंमा बस्दै आएका थिए । परिवारले पूजालाई नस्वीकारेपछि सम्झाउन भन्दै सिरहा पुगेका अमर नफर्किएपछि पूजा पनि १७ फागुनमा सिरहा गएकी थिइन् ।

यसबीचमा अमरको अर्कै ठाउँमा विवाह तय भइसकेको थियो । अर्को विवाहमा पूजा समस्या बन्न सक्ने भन्दै अमरले मन्तोषको सहयोग लिएर पूजाको हत्या गरेको अनुसंधानको क्रममा देखिएको प्रहरीको भनाइ छ ।

घट्नामा थप व्यक्तिको पनि संलग्नता रहेको र उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एवं डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News