माओवादी केन्द्रले तोक्यो प्रदेश इन्चार्ज, कुन प्रदेशमा को ? [सूचीसहित]



काठमाडौँ, फागुन २४
नेकपा (माओवादी केन्द्र)ले प्रदेश इन्चार्जको जिम्मेवारी तोकेको छ । सोमबार काठमाडौंमा सम्पन्न माओवादीको केन्द्रीय समिति बैठकले प्रदेश इन्चार्जको टुंगो लगाएको हो ।

जसअनुसार प्रदेश १ मा सुरेन्द्र कार्की, मधेस प्रदेशमा गणेश शाह, वाग्मतीमा हितमान शाक्य र गण्डकीमा हितराज पाण्डेलाई इन्चार्जको जिम्मेवारी तोकिएको छ ।

यस्तै लुम्बिनी इन्चार्जमा चक्रपाणि खनाल, कर्णालीमा कालीबहादुर मल्ल र सुदूरपश्चिममा खगराज भट्टलाई इन्चार्जको जिम्मेवारी दिइएको छ ।

सम्पर्क समन्वय प्रदेशमा डिलाराम आचार्य र उपत्यका विशेष समन्वय प्रदेशमा लिलामणि पोखरेल चयन गर्ने केन्द्रीय कमिटी बैठकमा निर्णय भएको छ ।

प्रदेश इन्चार्जले प्रदेशभित्रका पार्टी केन्द्रीय समिति सदस्यहरुको बैठक राखेर ती प्रदेशभित्रका जिल्लाहरूलाई विभिन्न समूहमा विभाजन गरेर कमाण्ड बनाउने छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News