पदाधिकारी चयन गर्न असफल प्रचण्ड



काठमाडौँ, फागुन २४
नेकपा माओवादी केन्द्रभित्र पदाधिकारी चयनको प्रक्रिया कठिन बन्न पुगेको छ । महाधिवेशन सम्पन्न भएको दुई महिना बितिसक्दासमेत माओवादीले पदाधिकारी चयनमा सहमति जुटाउन नसकेको हो ।

पदाधिकारी चयन गर्ने जिम्मेवारी पाएको केन्द्रीय कमिटीको बैठकले पदाधिकारी चयन गर्न असफल देखिएको छ । महाधिवेशनबाट चयन भएको केन्द्रीय कमिटी बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अध्यक्ष बनाउने निर्णय गरे पनि पदाधिकारी चयनको प्रक्रिया धकेलिँदै आएको छ ।

१५ सदस्सीय पदाधिकारीमा अध्यक्ष प्रचण्ड मात्र चुवनएका छन् । बाँकी पदाधिकारी चयनमा आकांक्षीको संख्या धेरै भएपछि प्रचण्ड दबाबमा पर्दै आएका छन् ।

महासचिव पदका लागि नेताहरूको अस्वस्थ दबाबपछि प्रचण्डले केन्द्रीय कमिटी बैठकबाट पनि पदाधिकारी चयनको प्रक्रिया थप लम्बिएको छ । पार्टी सञ्चालनका लागि महत्वपूर्ण मानिएको पदाधिकारी चयनको नै माओवादीभित्र विवाद रहेको छ ।

पार्टीभित्र प्रभावशाली नेताहरूको दबाबको कारण प्रचण्डले पदाधिकारी चयनको विषयमा निर्णय लिन सक्नुभएको छैन । अध्यक्षबाहेक उपाध्यक्ष, महासचिव, सचिवलगायतका बाँकी १४ पदाधिकारी चयन गर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News