चीनकाे नेपालमाथिको अघोषित नाकाबन्दी कहिलेसम्म ?



काठमाडौँ, फागुन २५
फागुन महिनाको समाम्तिसँगै चीनले नेपालमाथि अघोषित नाकाबन्दी लगाएको दुई वर्ष बित्छ । यो अवधिमा नेपाल र चीनबीचको प्रमुख दुई व्यापारिक नाका रसुवागढी र तातोपानी एकतर्फीरुपमा बन्द छन् । २०७६ फागुन महिनापछि हालसम्म रसुवागढी र तातोपानी नाकाबाट एकतर्पी व्यापार हुँदै आएको छ । अर्थात चीनबाट मात्र नेपालमा वस्तुहरु भित्रिएका छन् । नेपालबाट केही गएको छैन ।

नाका खुलाउन नेपालले पटक पटक अनुरोध गरेको छ तर चीनले कुनै चासो देखाएको छैन । कोरोना महामारी नियन्त्रण गर्ने वहानामा ती नाकाहुँदै नेपाली वस्तुको प्रवेशमा चीनले रोक लगाएको हो ।

‘चीनबाट नेपालतर्फ वस्तुहरु पठाउँदा कोरोना नसर्ने, नेपालबाट चीनतर्फ वस्तु पठाउँदा कोरोना सर्ने’ जस्तो कुतर्क गर्दै चीनले करिव दुई वर्षदेखि नेपालमाथि अघोषित नाकाबन्दी लगाउँदै आएको छ ।

प्रमुख दुई व्यापारिक नाका खुलाउने मुद्दामा नेपाल कति निरीह बनेको छ भन्ने कुरा सोमबार परराष्ट्रमन्त्री डा. नारायण खड्काको दिएको अभिव्यक्तिले स्पष्ट देखाउँछ । आफ्नो निरीहता लुकाउन उनले उल्टै चिनियाँ दादागिरीको ढाकछोप गर्नुपर्यो ।

‘चीनसँग नाका खुलाउने विषयमा धेरै पहल गरेका छौं । चीनका परराष्ट्रमन्त्रीसँग पनि माग गरेका थियौं । कोभिडकै कारण नाका बन्द भएको हो,’ परराष्ट्रमन्त्री खड्को भनाई थियो, ‘आर्थिक रुपमा अप्ठेरो भएको छ । हाम्रो निर्यात लगभग ठप्प जस्तै छ । कोरोना कम हुँदै जाँदा यो समाधान होला ।’

कोरोना महामारी सुरु भएपछि चीनले रसुवागढी र तातोपानी नाका एकतर्फी बन्द गरेको हो । विश्वमा पहिलो पटक कोरोना भाइरस २०७६ पुसको पहिलो साता चीनको वुहानमा देखिएको थियो । त्यसपछि यो विश्वभर फैलिएको हो ।

चीनमा कोरोना संक्रमण बढेपछि २०७६ माघ १५ गते गृह मन्त्रालयले तातोपानी र रसुवागढी नाकाबाट चिनियाँ पर्यटकलाई नेपाल प्रवेशमा रोक लगाएको थियो । सुरुमा यो रोक १५ दिनको लागि भनिए पनि पछि समय थप गरिएको थियो ।

चीनले रोक नलगाउन दबाब दिइरहेका बेला नेपालले त्यसबेला चिनियाँ नागरिकलाई नेपाल प्रवेशमा रोक लगाएको थियो । कोरोना संक्रमण झन् बढ्दै गएपछि २०७६ चैत ११ गते नेपालले लकडाउनको घोषणा गरेको थियो । त्यसपछि चीनले तातोपानी र रसुवागढी नाका एकतर्फीरुपमा बन्द गरेको थियो । त्यसयता यी नाका आजसम्म दोहोरो खुलेका छैनन् । राजधानी दैनिकमा खबर छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News