साउदी अरेबियाका विदेश मन्त्री आज नेपाल आउँदै



२९ फागुन, काठमाडौं
साउदी अरेबियाका विदेश मन्त्री फाइसल विन फहरन अल साउद दुई दिने नेपाल भ्रमणमा आज आउँदै छन् ।

विदेश मन्त्री अल साउद आज दुई दिने भ्रमणका लागि नेपाल आउने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्ने कार्यक्रम तय गरिएको छ ।

यस्तै परराष्ट्र मन्त्री डा. नारायण खड्का र उनीबीच पनि भेट हुनेछ । परराष्ट्र मन्त्री खड्काले साउदी अरेबियाका विदेश मन्त्रीको सम्मानमा दिवाभोजको आयोजना गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News