घरभित्र छिरेको निहुँमा १७ घण्टा बाँधेर बालिकालाई सिस्नोपानी लगाइयो



काठमाडौँ, चैत्र २
घरभित्र छिरेको निहुँमा दलित समुदायकी बालिकालाई चरम यातना दिइएको छ । रामेछाप मन्थली नगरपालिका–६ भलुवाजोरमा १३ वर्षीय सरिता नेपालीलाई घरभित्र छिरेको निहुँमा २१ घण्टासम्म डोरीले थाममा बाँधेर चरम यातना दिएको हो।

गैरदलित समुदायको घरभित्र छिरेको निहुँमा स्थानीय देवीस्थान आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययनरत नेपालीलाई सोही स्थानका ६३ वर्षका शेरबहादुर श्रेष्ठले नेपालीलाई हात र कम्मरमा नाम्लोले बाँधेर घरको दलिनमा चार घण्टासम्म झुन्ड्याएको पीडित बालिकाले बताइन् ।

त्यसपछि १७ घण्टा घरको थाममा बाँधेर सिस्नो लगाई कुटपिट गरिएको पीडितको आरोप छ । बालिकालाई सोमबार अपराह्न चार बजेदेखि मंगलबार मध्याह्न १२ बजेसम्म नियन्त्रणमा लिई बाँधेर यातना दिइएको हो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News