मन्त्रीलाई फिर्ता बोलाउन एकीकृत समाजवादीले थाल्यो गृहकार्य



काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीलाई फिर्ता बोलाउन गृहकार्य सुरु गरेको छ । सो पार्टीले पूर्वसहमतिअनुसार मन्त्रीलाई फिर्ता बोलाउन गृहकार्य सुरु गरेको हो ।

मन्त्री बनाउने बेलामै ६ महिनापछि फिर्ता आउने र अरूलाई पठाउने सहमति भएको एकीकृत समाजवादी स्रोतको दाबी छ । पूर्वसहमतिका साथै सरकारमा पार्टीको तर्फबाट सहभागी मन्त्रीले मन्त्रालयको काम प्रभावकारी रूपमा गर्न नसकेको, पार्टी र मन्त्रालयबीचको समन्वय नगरेको, पार्टी नेताकार्यकर्ताको गुनासो सम्बोधन नगरेको, मनोमानी काम गरिरहेको, कमिसनमा लिप्त भएको आरोपसमेत मन्त्रीमाथि छ ।

हालैसम्पन्न पार्टीको केन्द्रीय कमिटी बैठकमा समेत मन्त्रीहरूको आलोचना भएपछि पार्टी अध्यक्ष माधवकुमार नेपालले मन्त्रीलाई फिर्ता बोलाएर अरू नेतालाई मन्त्री बनाउनेमा छलफल गरेको स्रोतको दाबी छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा एकीकृत समाजवादीले सहरी, स्वास्थ्य, पर्यटन तथा नागरिक उड्डयन, श्रम मन्त्रालय पाएको छ । सहरी मन्त्रालयमा रामकुमारी झाक्री, स्वास्थ्यमा विरोध खतिवडा, पर्यटनमा प्रेम आले, श्रममा किसान श्रेष्ठ मन्त्री रहेका छन् । यस्तै, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा भवानीप्रसाद खापुङ रहेका छन् ।

‘पूर्वसहमतिका साथै हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकमा मन्त्रीहरूको आलोचना भएपछि मन्त्रीलाई फिर्ता बोलाउनेमा छलफल सुरु भएको छ । राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News