डडेल्धुरामा गोली लागेर एकको मृत्यु
डडेल्धुरा, चैत २
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डीएसपी देवेन्द्र पालकाअनुसार दलबहादुरको डडेल्धुरा अस्पताल लैजादैँ गर्दा बाटोमा नै मृत्यु भएको हो।
उनको शव अस्पतालमा राखिएको छ। त्यस्तै, घटनामा संलग्न रहेको हुनसक्ने भन्दै प्रहरीले अन्य ४ जनालाई नियन्त्रणमा लिई घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।
नियन्त्रणमा लिइएकाहरुको परिचय भने प्रहरीले खुलाएको छैन। जंगली जनावर बदेल मार्नको लागि राखिएको बन्दुक पड्केको डीएसपी पालले बताए ।