यस्तो छ चैत्र ३ गते बिहिवारको राशिफल



काठमाडौं । आज २०७८ चैत्र ३ गते बिहिवारको राशिफल ।

मेष

प्राविधिक कार्य सफल हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । प्रेम सम्बन्ध कसिलो होला । घरजग्गाको कारोबारमा सफलता मिल्नेछ ।

मिथुन

आज नयाँ योजना, अवसर र नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । शेयर बजारले पनि साथ दिनेछ ।

सिंह

कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । मनोरञ्जनको क्षेत्रमा गरेको लगानीबाट श्रीः प्राप्ति हुनेछ । आर्थिक क्षेत्र सामान्य नै रहनेछ ।

तुला

मानसिक चिन्ता बढेपनि श्रमको उचित मूल्याङ्कन हुनेछ । आफन्तको प्रगतिले मन रमाउनेछ । सबै काम यथावत् रूपमा सम्पन्न हुँदै जानेछन् ।

धनु

आज नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइएला । सरकारी निकाय र सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

कुम्भ

दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । आँटेको र ताकेको कार्य पुरा होला । परिवारलाई समय दिन सकिनेछ र शुभकार्यको चर्चा चल्नेछ ।

बृष

इष्टमित्रसँग भेटघाट गर्ने अवसर जुट्नेछ । कुनै कुराले मनमा उत्साह छाउनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । प्रेमीको सहयोग पनि मिल्नेछ ।

कर्कट

आज ठीक समयमा सही निर्णय लिन सकिनेछ । सामाजिक र राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ ।

कन्या

आज शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । सरकारी निकायबाट सहयोग मिल्नेछ । राजनैतिक कार्यमा बाधा पनि आउनेछ ।

बृश्चिक

आज कुनै समाचारले मनमा शान्ति छाउनेछ । चिताएको कामले तीव्रता लिने र सफलता पाइनेछ । पुनर्मिलनको योग पनि रहेको छ ।

मकर

आज कसैसँग कुनै कुरामा वैचारिक मतभेद सिर्जना हुनसक्छ । सानातिना समस्यामा अल्झनुपर्नेछ । सौन्दर्यतामा धन खर्च पनि हुनेछ ।

मीन

सानातिना बाधा अवरोध आइलागे पनि काम रोकिने छैन । वैदेशिक कार्य सम्पादनमा सहजता मिल्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News