स्थानीय तह निर्वाचनमा कांग्रेस वा एमालेसँग तालमेलको प्रयासमा लोसपा


 


काठमाडौं, चैत्र ६
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले स्थानीय तहको निर्वाचनमा सम्भव भएसम्म ठूला कुनै एक दलसँग गठबन्धन गर्ने याेजना बनाएकाे छ ।

लाेसपाले जनता समाजवादी पार्टी (जसपा) कोभन्दा आफ्नो पकड बलियो बनाउने रणनीतिअनुसार ठूला कुनै एक दलसँग गठबन्धन गर्ने याेजना बनाएकाे हाे ।

नौ महिनाअघि जसपाबाट अलग भएर गठन भएको लोसपाका नेताहरूले अहिले नेपाली कांग्रेस र नेकपा एमालेसँग बराबरी सम्बन्ध राख्दै गठबन्धनका लागि वार्ता र छलफल अघि बढाएका छन् ।

कांग्रेस वा एमालेमध्ये एक दलसँग गठबन्धन गरेर अघि बढने लोसपाको तयारी छ। दुई ठूला दलमध्ये एकसँग गठबन्धन सम्भव नभए अन्यसँग पनि तालमेल गर्न सकिने लोसपाका नेताहरूले बताएका छन् ।

पछिल्लो समय लोसपाका शीर्ष नेताहरू काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग निरन्तर संवाद र छलफलमा छन् । स्राेतका अनुसार पछिल्लो डेढ सातामा लोसपा अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री देउवासँग तीनपटक कुराकानी गरेका छन् ।

प्रकाशित मिति: ६ चैत्र २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्