रौतहटमा २२ वर्षीया युवती बलात्कृत, आरोपित फरार



रौतहट, चैत्र ८
रौतहटमा एक २२ वर्षीया युवती बलात्कृत भएकी छन् ।

सोमबार राति ८ बजेतिर शौच गर्न खेत गएकी ती युवतीलाई फतुवा विजयपुर नगरपालिका-२ सितलपुरका २१ वर्षीय रुपलाल पटेलले बलात्कार गरेको आरोप छ ।

जिल्ला प्रहरी प्रमुख एसपी विनोद घिमिरेका अनुसार आरोपित पटेल फरार छन् । पीडित युवतीको स्वास्थ्य परीक्षणको तयारी भइरहेको छ । पीडित परिवारको जाहेरीका आधारमा पटेलमाथि उजुरी दर्ता हुने भएको छ ।

दुई सन्तानकी ती महिला घरछेउकै खेतमा शौच गर्न गएको बताइएको छ । तर, पटेलले उनलाई खेतमै पछारेर बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News