भक्तपुरमा १५ वर्षीया किशोरी बलात्कृत



भक्तपुर, चैत्र १३
भक्तपुर नगरपालिका–६ स्थित डेकोचाबाट प्रहरीले बलात्कार आरोपमा एक जना युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङको ज्वालामुखी गाउँपालिका–४ मैदी घर भएका २२ वर्षीय राज परियार छन् ।

भक्तपुर परिसरका डिएसपी राजु पाण्डेले १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा शनिबार राति उनलाई पक्राउ गरिएको बताए ।

१५ वर्षीया किशोरी र राजु गाउँबाट काठमाडौंमा आएर लिभिङ टुगेदर बस्न थालेका थिए ।

उमेर नपुगेका कारण विवाह गर्नेबारे असमझदारी भएपछि किशोरीका परिवारले उनीविरुद्ध बलात्कारको उजुरी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News