लोक सेवा आयोगद्वारा चैत २६ गते तय गरिएको शाखा अधिकृतको परीक्षा स्थगित


 


काठमाडौं, चैत्र १४
लोक सेवा आयोगले यही चैत २६ गते तय गरिएको शाखा अधिकृतको परीक्षा स्थगित गरेको छ ।

शाखा अधिकृत वा सो सरह (अप्राविधिक) पदको परीक्षा स्थगित गरिएको आयोगले जनाएको छ ।

सर्वोच्च अदालतबाट भएको अल्पकालीन अन्तरिम आदेश कार्यान्वयन गर्ने सिलसिलामा परीक्षा स्थगित गरिएको आयोगका उपसचिव एकनारायण शर्माले जानकारी दिए ।

पूर्व निर्धारित लिखित परीक्षा कार्यक्रम अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गरिएको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति: १४ चैत्र २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्