स्थानीय निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता



काठमाडौं, चैत्र १४
स्थानीय तहको निर्वाचनको लागि अन्तिम मतदाताको नामावली टुंगो लागेको छ । निर्वाचन आयोगले आइतबार अन्तिम मतदाता नामावली तय गरेको हो ।

जसअनुसार ३० वैशाखको निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता छन् । जसमध्ये ८९ लाख ९२ हजार १० पुरुष, ८७ लाख ४१ हजार ५३० महिला, र १८३ अन्य छन् ।

चुनावको लागि १० हजार ७५६ मतदानस्थल हुने भएका छन् भने २१ हजार ९५५ मतदान केन्द्र हुने भएको आयोगले जनाएको छ । आयोगका अनुसार पाँच वर्षको अवधिमा ३६ लाख मतदाता बढेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News