आगलागी पीडितलाई आर्थिक सहयोग



भोजपुर, चैत १४
भोजपुरको षडानन्द नगरपालिका वडा नं २ का आगलागी पीडित परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ । यहाँका सन्तराज आचार्यको घर गत चैत ४ गते आगलागी भएर नष्ट भएको थियो ।

आचार्य परिवारलाई भोजपुर काठमाडौं सम्पर्क मञ्चले २० हजार, भोजपुर कतार सेवा समाजले ११ हजार पाँच सय, नेकपा एमाले वडा पार्टि कमिटीबाट ६ हजार ६ सय २० र रोशन बस्नेतले ५ हजार आर्थिक सहयोग गरेका थिए ।

उनिहरुबाट प्राप्त भएको कुल ४३ हजार १ सय २० रुपैयाँ आचार्य परिवारलाई हस्तान्तरण गरिएको सहयोग संकलनमा सक्रिय भोजपुर काठमाडौं सम्पर्क मञ्चका उपाध्यक्ष इश्वर आचार्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News