इटहरीमा कसरी भयाे बम विस्फोट ?



सुनसरी, चैत्र १५
सुनसरीको इटहरी उपमहानगरपालिका–२ को जागृतिटोलमा बम ल्याउने मान्छेबाट विस्फोट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

गएराति सुतली बम विस्फोट भएको थियो । दुई जना घाइते भएका छन् । विस्फोट घटना लगत्तै खटिएको प्रहरी टोलीले अनुसन्धानको क्रममा योजनाबद्ध ढंगले पहिले नै ल्याइ बम राखेर विस्फोट नगराएको पाइएको हो ।

प्रदेश १ का प्रहरी नायव महानिरीक्षक (डीआईजी) अरुणकुमार बिसीका अनुसार बम राखेको भन्दा पनि लिएर आउने मान्छेबाट विस्फोट भएको देखिएकाे छ ।

विस्फोटबाट २२ वर्षीय रवीन थापा र लम्जुङका २३ वर्षीय शेरजंग गुरुङ घाइते भएका छन् प्रहरीले उनीहरूलाई पनि निगरानीमा राखेको छ।डीआईजी बिसीले विस्फोटको घटनापछि प्रदेश मातहतका सबै प्रहरी युनिटलाई सतर्क रहन निर्देशन दिएका छन् ।

गत १५ फागुनमा परिषद्ले पर्चामार्फत सशस्त्र युद्धको घोषणा गरेको थियो । हिन्दु राष्ट्र घोषणा, राजतन्त्र स्थापना, संघीयता खारेजलगायत मुद्दा उठाउँदै युद्धको घोषणा गरेको थियो । घोषणा गरेको ठीक एक महिनामा विस्फोटको घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News