लागूऔषधसहित एक युवक पक्राउ



लमजुङ, चैत्र १६
जिल्ला प्रहरी कार्यालय लमजुङले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले दूधपोखरी गाउँपालिका- ५ का २३ वर्षीय विधान गुरुङलाई पक्राउ गरेको हो ।

प्रहरीले गुरुङको साथबाट १०-१० थान डाइजेपाम, फेनेरागन र नोफिन बरामद भएकाे जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए ।

गुरुङलाई बेसीसहर नगरपालिका-७ सेरा बजारबाट लागूऔषधसहित पक्राउ गरेको हो । गुरुङलाई जिल्ला अदालत लमजुङबाट म्याद थप गरी लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News