सत्ता गठबन्धनको बैठक मंगलबार बस्ने, चुनावी तालमेलबारे छलफल हुने
काठमाडौं, चैत्र २१
स्थानीय तहको निर्वाचनमा तालमेल गर्नेबारे थप निर्णय गर्न गठबन्धनको बैठक मंगलबार बस्ने भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणपछि आइतबार साँझ स्वेदश आएकाले तालमेलको ‘मोडालिटी’बारे थप निर्णय गर्न मंगलबार बैठक बस्ने लागेको हो ।
नेपाली काँग्रेसले स्थानीय निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरिसकेपनि पाँच दलिय गठबन्धनमा भने यसको मोडालिटि बनिनसकेको स्थिती छ ।
मंगलबारको बैठकले स्थानीय निर्वाचनमा जाँदा तालमेलको ‘मोडालिटी’बारे बिस्तृत रुपमा निर्णय गर्ने नेताहरुको भनाइ छ ।
काँग्रेसले आवश्यकताका आधारमा स्थानीय तहहरुमा तालमेल गर्ने बताउदै आएको छ । यद्यपि काँग्रेका केही नेताहरुले तालमेलको गर्ने निर्णयको बिरोध जनाउदै आएको छ ।