सरकारद्वारा निलम्बित प्रधानन्यायाधीश जबराको विभूषण रोक्ने निर्णय



काठमाडौं, चैत्र २४
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सरकारले विभूषित नगर्ने निर्णय गरेकाे छ ।

आगामी वैशाख १ गते सरकारले पदक वितरण गर्ने कार्यक्रम तय गरिएको छ । तर विभूषण प्रदान समारोहमा जबरालाई भने नबोलाइने गृह मन्त्रालयले जनाएको छ  ।

जबरालाई तेस्रो ठूलो विभूषण महाउज्ज्वल राष्ट्रदीप दिने निर्णय गत असोजमा सरकारले गरेको थियो  ।

संविधान दिवसमा घोषणा भएका विभूषण १ वैशाखमा प्रदान गरिने प्रचलन छ  ।

अन्यको हकमा १ वैशाखमा विभूषणका लागि बोलाइएको छ, तर जबरालाई भने नबोलाइएको गृह मन्त्रालयले जनाएको छ ।

बुधबार मन्त्रालयमा भएको छलफलमा उहाँमाथिको महाभियोगको टुंगो लागेपछि मात्र विभूषण दिने वा रद्द गर्ने निर्णय गरिने र तत्कालका लागि स्थगन गर्ने निर्णय भएको हो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News