मनोरञ्जन कर बुझाउन काठमाडौं महानगरको अनुरोध



काठमाडौं, चैत्र २७
काठमाडौं महानगरपालिकाले मनोरञ्जन कर बुझाउन सम्बन्धित क्षेत्रलाई निर्देशन दिएको छ ।

महानगरले सार्वजनिक सूचना निकालेर मनोरञ्जनसँग सम्बन्धित व्यापार व्यवसाय गर्ने व्यक्ति र संस्थालाई कर बुझाउन अनुरोध गरेको हो ।

दररेट अनुसार चलचित्र टिकटबापत ५ प्रतिशत, क्यासिनोमा प्रवेश गर्ने ग्राहकबाट प्रतिव्यक्ति ५० रुपैयाँ, भिडियो घर, कन्सर्ट, दोहोरी साँझ, डान्सबार तथा रात्रिक्लब प्रवेश गर्ने ग्राहकबाट प्रतिव्यक्ति २० रुपैयाँ र सांस्कृतिक प्रदर्शन हल, थियटर वा नाटक घर, फनपार्क, वाटर गार्डेन, बालउद्यान, फुटसल, जुम्बा, मसाज एवम् स्पा, स्विमिङ्ग पुल, पार्क प्रवेश गर्दा एकमुस्ट प्रति टिकट ५ प्रतिशत बुझाउनुपर्ने सूचनामा उल्लेख छ ।

वाग्मती प्रदेशको प्रदेश आर्थिक ऐन, २०७८ को अनुसूची–३ ले तोकेको दररेट अनुसार महानगरभित्रका व्यवसायलाई राजस्व विभागमा कर बुझाउन भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News