गठबन्धनमा सहमति : पोखरा महानगर एकीकृत समाजवादीलाई


 


काठमाडौँ, वैशाख ७
सत्तारुढ गठबन्धनमा महानगरपालिका भागवण्डामा सहमति जुटेको छ ।

मंगलबार दिउँसो बालुवाटारमा भएको गठबन्धनका शीर्ष नेताको बैठकले ६ मध्ये तीन महानगर कांग्रेसले लिने, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले एक/एक महानगरको नेतृत्व लिने सहमति गरेको हो । त्यस अनुसार पोखरा महानगरपालिकाको नेतृत्व एकीकृत समाजवादीले पाउनेछ ।

कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर र जनता समाजवादी पार्टीले विरगञ्ज महानगरपालिको नेतृत्प पाउने छ ।

यस्तै ११ वटा उपमहानगरका पनि सहमति जुटेको छ । कांग्रेस ६, माओवादी केन्द्र, ३, नेकपा एकीकृत समाजवादी र जसपाले एक÷एक उपमहानगरको नेतृत्व लिने सहमति भएको छ ।  

प्रकाशित मिति: ७ बैशाख २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्