आजको मौसम : यी प्रदेशमा मेघ गर्जनसहित वर्षाको सम्भावना



काठमाडौं, वैशाख ८
आज मुलुकका पहाडी भेगमा मेघ गर्जन र चट्याङसहितको वर्षा हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भूभागका केही स्थानमा दिनभर जस्तो मौसम बदली रहनेछ ।

आज राति गण्डकी प्रदेश , कर्णाली प्रदेश, सुदूरपश्चिम र प्रदेश १ को पहाडी भूभागमा वर्षाको सम्भावना छ। देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ।

देशका पहाडी भू(भागका केही स्थान र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

हाल नेपालमा उत्तर प्रदेश, विहार र पश्चिम बंगालमा बनेको न्युन चापिय रेखाको प्रभावका साथै स्थानीय वायुको प्रभाव छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News