पोखरामा गठबन्धनलाई धक्का, कांग्रेसबाट ३ बागी उम्मेदवारले गराए मनोनयन दर्ता



पोखरा, वैशाख १२
पोखरा महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका ३ जना नेताले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

सोमबार नेपाली कांग्रेसका नेता नन्दूप्रसाद तिवारीले मेयरमा उम्मेदवारी दिएपछि कांग्रेसबाट मेयरमा उम्मेदवारी दिनेको संख्या ३ पुगेको हो ।

सत्तारुढ दलहरुबीच महानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवार भागवण्डाका क्रममा पोखराको मेयर पद नेकपा एकीकृत समाजवादीलाई परेको थियो । तर कांग्रेसका नेता कार्यकर्ताहरु असन्तुष्ट थिए ।

मेयरमा बागी उम्मेदवारी दिने तिवारी देउवा समूहकै कास्कीका पुराना नेता हुन् । उनी नेपाली कांग्रेस प्रजातान्त्रिकको कास्की जिल्ला सचिव थिए । कांग्रेसबाट आइतबार विमलबहादुर कार्की र सोमबार ऋषि सापकोटाले पनि मेयरमा उम्मेदवारी दिएका थिए ।

कांग्रेस कार्यकर्ताको मनदेखि नै मत पाउने गरी आफूले उम्मेदवारी दर्ता गराएको तिवारीले बताए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News